Breaking News

सन्दर्भ : ट्राफिक जाम , ब्यबस्थापन र टोलि परिवर्तन

तस्बीर साभार : गूगल बाट 
केहि दिन देखि काठमाडौं को ट्राफिक जाम अस्त-व्यस्त हुन् थालेको कुरामा कुनै दुई मत छैन l एस संबन्धित समाचार , सामाजिक संजाल मा पोस्ट हरु पनि हालिएकै छन् l मुख्य कुरा के हो भने किन यसरी एका-एक जाम बढ्यो त?? खोजीनिती गरि समधान तर्फ अगी बढ्नु सम्बन्धित निकाएको काम हो तर विचार हातकै भर मा अस्तव्यस्त ट्राफिक जाम ब्यबस्थापन गर्ने ट्राफिक दाजुहरुको टोलि नै परिवर्तन गरिएको समाचार अनि पाठक प्रतिक्रिया पढे पछि केहि लेख्न्न मन लाग्यो l

हामी अहिले प्रबिधि को युग मा छौ भनेर हाम्रै ठुला बुद्धिजीवि हरु बाट सुनेकै कुरा हो l अब यो प्रबिधि को युग मा पनि हाम्रा ट्राफिक दाजु हरु हात र सिट्टी कै भरमा जाम लाई ब्यबस्थापन गर्न लागि परेका छन् l बिदेशी अनुदान,सहयोग  र ऋण को भरमा भए गरेका विकास अनि प्राप्त प्रबिधिको पनि समयमा मर्मत सम्भार नहुनु , प्रयोगमा लेराउन नसक्नु , सडक तथा सवारी करको नाम मा लिए रकम बाट ट्राफिक ब्यबस्थापनको लागि हाम्रो बाटो घाटो सुहाउँदो प्रबिधिलाई भित्राऊन नसक्नु कसको कमजोरी हो??के दिन रात , घामपानी , धुवा धुलो नभनी हात र सिट्टी को भरमा ट्राफिक ब्यबस्थापनमा खटिने ट्राफिक दाई को कमजोरी हो त? संबन्धित निकायमा बस्ने ठुला बुद्धिजीवि हरुले कुन ठाउँ मा क हुदै छ? कस्तो बिकाश गर्नु जरुरि छ ? बाटो घाटोको अवस्था हेरेर अनि स्थान सुहाउँदो वैकल्पिक बाटो , आकाशे पुल , सहायक मार्ग ,फ्लाई ओभर जस्ता कुराको बिकाश मा जोड दिनु पर्ने हो कि होइन? के सडक अनि सवारी कर यही कुराको बिकाश गर्न उठाउने होइन र ??


संग संगै हामी चालक , पैदल यात्रु  सबैले ट्राफिक नियम लाई  पक्का पालन गरिदने हो भने पनि एस्तो समस्या केहि हद सम्म काम भइदिन्छ कि?? जाम मा ५/१० मिनेट धैर्य गरे बसी दिए , आफु अगाडिको सवारीलाई बाधा नपुग्ने गरि लेन मा रोकिदिय , जथाभावी ओभरटेक नगरी अर्को लेन बाट आएको सवारीसाधन लाई बाधा नपरे , पैदल यात्रुले पनि सडक पेटी , आकाशे पुल , फुटपाथ , जेब्रा क्रसिङ बाट बाटो काट्ने गरेमा l मुख्य सडक बाट आउनेलाई प्राथमिकता मा राखेर सहायक सडक बाट आउनेले सवारीसाधन को चाप लाई मध्यनजर गरेर अगाडी बढेको खण्डमा .l तेस्तै ट्राफिक दाई हरुले पनि ट्राफिक बत्ति जत्तिको समय मिलाएर गर्न नसके पनि कमसे कम बढी चाप भएको लाई केहि मिनेट बढी खोलेर ट्राफिक  ब्यबस्थापन गर्नु भए राम्रो हुन्छ कि ??


आशा गरौ यो समस्या चाडै समाधान होस् ...

1 comment: